शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

माओवादी केन्द्रीय कमिटी बैठक असोजको पहिलो साता बस्ने 

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares
शुक्रबार ३२ साउन  २०८१

काठमाडाैं / नेकपा (माओवादी केन्द्र)ले असोजको पहिलो साता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले असोजको पहिलो हप्ता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठक अगाडी सबै प्रदेशमा जबस मोर्चा, सल्लाहकार समिति र आयोगहरुको परामर्श समिति बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रदेशका बेठकहरुमा अध्यक्षदेखि उपमहासचिवसम्मका पदाधिकारीहरु उपस्थित हुने उहाँले बताउनुभयो । उहाँले वागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते, गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्ने बताउनुभयो ।

उहाँका अनुसार तीन वटा केन्द्रीय आयोगको १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चको २९ र ३० गते र जवस, मोर्चाहरुको २७ र २८ गते बैठक बस्नेछ । प्रवक्ता सापकोटाले प्रदेशहरुको बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशको पनि बैठक बस्ने जानकारी दिनुभयो।

प्रवक्ता सापकोटाले बैठकले सदन, सडक र माओवादी केन्द्रको नेतृत्व रहेको १२२ स्थानीय तहमा पार्टीको भुमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x