शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

हङकङमा नेपाली व्यवसायीद्वारा “JobLink Connect” मोबाइल एप सार्वजनिक

हङकङमा नेपाली व्यवसायीद्वारा “JobLink Connect” मोबाइल एप सार्वजनिक, ब्लू–कलर कामदारलाई रोजगारीसँग जोड्ने लक्ष्य
  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

 

हङकङ / नेपाली व्यवसायीको पहलमा विकसित “JobLink Connect” मोबाइल एपको बेटा संस्करण सोमबार (फेब्रुअरी९, २०२६) हङकङमा सार्वजनिक गरिएको छ। नेपाली समुदायलाई लक्षित गरी तयार गरिएको उक्त एप सम्भवतः हङकङमा नेपाली व्यवसायीद्वारा विकसित पहिलो डिजिटल रोजगार प्लेटफर्म भएको दाबी गरिएको छ।

संस्थापक डिके दाहालका अनुसार एपको अवधारणा CUHK EMBA अन्तर्गत MIT Hong Kong Innovation Node को “Think Like an Innovator” पाठ्यक्रम अध्ययनका क्रममा परिष्कृत गरिएको हो। साथै, सन् २०१४ मा नेपाली समुदायका लागि Viber र Facebook मा सुरु गरिएको “कन्स्ट्रक्सन ग्रुप” को डिजिटल संस्करणका रूपमा JobLink Connect विकसित गरिएको जनाइएको छ।

 

एपमार्फत कामदारहरूले घरमै बसेर आफ्नो सिप र दक्षताका आधारमा रोजगारी खोज्न सक्नेछन् भने रोजगारदाताहरूले पनि आवश्यक जनशक्ति सहज रूपमा फेला पार्न सक्नेछन्। विशेष गरी शारीरिक श्रममा आधारित ब्लू–कलर कामदारहरूलाई सिधै रोजगारदातासँग जोड्ने उद्देश्यले मोबाइल फ्रेन्डली प्लेटफर्म तयार गरिएको हो।

हाल हङकङमा धेरै नेपालीहरू बेरोजगारीको समस्यासँग जुधिरहेको अवस्थामा JobLink Connect ले काम खोज्ने र कामदार खोज्ने दुबै पक्षलाई सहज बनाउने विश्वास आयोजकको छ। एपले निर्माण, फुड एण्ड बेभरेज (F&B), घरेलु सहयोगी, सुरक्षा गार्ड तथा बडीगार्ड, चालक, उत्पादन तथा म्यानुफ्याक्चरिङ, यातायात तथा लजिस्टिक्स, मर्मत तथा इन्स्टलेसन, हेल्थकेयर सपोर्ट लगायतका विभिन्न क्षेत्र समेट्ने जनाएको छ।

हङकङबाट सुरु गरिएको उक्त एपलाई आगामी दिनमा नेपालसहित विश्वभर विस्तार गर्ने योजना रहेको संस्थापक दाहालले जानकारी दिए। साथै, नेपाली समुदायभित्र एपको प्रचारप्रसार गरी बेरोजगार साथीभाइसम्म पुर्‍याउन उनले आग्रह गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x