महाशिवरात्रि दुई सय एक सदस्यीय मूल समारोह समिति गठन

काठमाडौँ /पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थित रुपमा सम्पन्न गर्न दुई सय एक सदस्यीय मूल समारोह समिति गठन भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन भएको हो ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री पाण्डेको सभापतित्वमा बिहीबार बसेको परिषद्को बैठकले सो समिति गठन गरेका छन् ।
समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु गरिएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए।
पशुपति क्षेत्रमा रङरोगन, भित्तेचित्र लेखन, बत्ती व्यवस्थापनलगायत सुरु गरिएको छ। यस वर्षको महाशिवरात्रि पर्व यही फागुन १४ गते परेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE