सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

आज ११ बजे नव नियुक्त प्रधानमन्त्री शपथ लिइदै

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज लिनुहुने हुदैछ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिनुहुने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई सोमबार बिहान  साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ।

राष्ट्रपति  कार्यालयका सहसचिव शैलजा रेग्मी भट्टराईले असार ३१ गते बिहान ११ बजे हुने शपथ समारोहमा उपस्थित हुन सङ्घीय संसद्का सम्पूर्ण सदस्यलाई निमन्त्रण गर्नुभएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ प्रतिनिधि सभाका सदस्य ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएपछि शपथ समारोह तय भएको हो।

शुक्रबार (असार २८ गते) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा सदनबाट विश्वास गुमाउनुभएपछि नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता ओली प्रधानमन्त्री बन्नुभएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x