बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

नेपालमा वैकल्पिक शक्ति खाचो : डा.बाबुराम भट्टराई

  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

सोमबार ५ काात्तिक २०८१

काठमाडौं / नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान अवस्थालाई मध्य नजर गर्दै अब नेेपामा  वैकल्पिक शक्ति खाााचो रहेको बताउनु भएका छन् ।

सोमबार पोखरामा आयोजित पार्टीको प्रथम विधान अधिवेशनमा उनले उदारवादी राजनीतिलाई अपनाउने काङ्ग्रेसलगायतका शक्तिहरुको विचार पूराना भएको भन्दै अब सबै प्रकारले वैकल्पिक शक्ति आवश्यक भएको बताउनु भएका हुन ।

वहाँले भन्नुभयो, ‘उदारवादी राजनीतिलाई अपनाउने काङ्ग्रेसलगायतका शक्तिहरुको विचार पुरानो भयो । २१ औं शताब्दीले नयाँ विचार ल्याउनुपर्छ । भर्खर मात्रै लोकतान्त्रिक प्रक्रिया पूरा गरेर पुँजीवादी राजनीति आर्थिक चरणबाट समाजवादी चरणमा प्रवेश गरेको सन्दर्भमा अब वैकल्पिक शक्ति चाहिन्छ भनेर नै नयाँ शक्ति अभियान सुरु गरेका हौं ।

यसका साथै, वहाँले आफूले निजी स्वार्थको लागि जीवनमा कहिले केही काम नगरेको बताए । उनले स्वार्थका लागि भविष्यमा पनि कुनै काम नगर्ने प्रतिबद्धता जनाए ।

वहाँले भन्नुभयो, ‘म सबैको अगाडि छाती फुलाएर बन्न चाहन्छु । बाबुराम भट्टराईले निजी स्वार्थको लागि जीवनमा कहिले केही काम गरेन् । आज पनि गर्दैन् र भोलि पनि गर्दैन् । बाबुराम अर्थमन्त्री भयो, प्रधानमन्त्री भयो कोहीसँग पैसा लिएर जनताको अहित हुने काम गर्यो भनेर प्रमाणसहित आउने हो भने म जेल जान तयार छु । फाँसीमा चढ्न तयार छु ।’

विधिको शासन, अर्थतन्त्र र अहिलेका पार्टीहरुको कब्जाबाट मुलुक बाहिर ननिस्किएसम्म सुशासन सम्भव नहुने वहाँको भनाइ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x