पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, आजैदेखि नयाँ मुल्य लागू

काठमाडौ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शुक्रबार बिहान ००:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
नयाँ मूल्य अनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ, डिजेल तथा मट्टितेलमा २५ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँले वृद्धि गरेको छ। यस्तै हवाई इन्धन (आन्तरिक)मा प्रति लिटर ६ रुपैयाँले मूल्य बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र निरन्तर घाटाका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ। निगमका अनुसार अझै पनि पाक्षिक रूपमा १० अर्ब २१ करोड ९१ लाख घाटा व्यहोर्नु परिरहेको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE