बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

सोमबार २४ भदौ २०८१

काठमाडौं /  नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।

उनले राजीनामा पत्रमा निर्वाचन गराउनका लागि पहलकदमी लिए पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनले पत्रमा उल्लेख गरेका छन, ‘सिङ्गो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन ।’ सरोकारवाला पक्षले समेत सदस्यसूची  आफूलाई देखाएर मात्र अघि बढ्न पर्ने अपेक्षा राख्दा मन खिन्न हुने गरेको उनले उल्लेख गरे  ।

यस्तो अवस्थाबाट आफूमा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ नभएको उनले पत्रमा उल्लेख गरेका छन् । आगामी दिनमा महासंघको हुने गतिविधिलाई आवश्यकता अनुसार साथ समर्थन र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

महासङ्घले तेस्रो पटक निर्वाचनको मिति तोकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv