सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

संसदमा दुई पार्टीले विरोध गरिरहँदा जबरजस्ती संसद अगाडि बढाउनु संसदीय मर्यादा राम्रो होइन् : राजेन्द्र

  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares
काठमाडौ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखले जबरजस्ती गरेको बताएका छन्।

उनी सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखले जबरजस्ती सदन चलाएको बताएका हुन्।

‘यो संसदमा एक सिट भएको पार्टी र सय सिट भएको पार्टीको मर्यादा र हैसियत उतिकै हनुपर्छ। सभामुख संसदको अभिभावक हो र सभामुख एक सिट पनि सय सिटको पनि अभिभावक हो,’ उनले भने, ‘संसदमा दुई पार्टीले विरोध गरिरहँदा जबरजस्ती संसद अगाडि बढाउनु संसदीय मर्यादाले पनि राम्रो होइन्। जबसम्म जबरजस्ती संसद अगाडि बढ्छ। राप्रपाले बहिष्कार गर्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x