कतार नजिक अमेरिकी जहाजमाथि आक्रमण भएको इरानको दाबी

सोमबार २८ बैशाख २०८३
एजेन्सी / इरानको समाचार एजेन्सी फार्स समाचार एजेन्सीले ‘विश्वसनीय स्रोत’लाई उद्धृत गर्दै कतारको तट नजिक लक्षित गरिएको कार्गो जहाज अमेरिकी भएको दाबी गरेको छ।
इरानको सरकारी समाचार एजेन्सीले पनि आक्रमणमा परेको जहाज अमेरिकी स्वामित्वको रहेको र त्यसमा अमेरिकी झण्डा फहराइएको जनाएको छ। तर यस घटनाबारे संयुक्त राज्य अमेरिका ले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यसअघि बेलायतको समुद्री व्यापार सञ्चालन प्राधिकरण युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेशन्सले कतारको राजधानी दोहाबाट करिब ४३ किलोमिटर उत्तर–पूर्वमा रहेको जहाजमा “अज्ञात प्रकारको प्रक्षेप्य” द्वारा आक्रमण भएको जनाएको थियो।
उक्त आक्रमणबाट जहाजमा सामान्य क्षति पुगेको र आगलागीसमेत भएको बताइएको थियो। पछि आगो नियन्त्रणमा ल्याइएको जानकारी पनि दिइएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE