शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

समसेरपुरमा समा–चकेवा महोत्सव भव्यतापूर्वक सम्पन्न

  • 129
  •  
  •  
  •  
  •  
  •  
  •  
    129
    Shares

शिव थारु
शुक्रबार २१ कार्तिक २०८२

सप्तरी / सप्तरीको सुरुङ्ग नगरपालिका वडा नं. ८ समसेरपुरमाआमा समुहद्वारा आयोजना गरिएको “समा–चकेवा कार्यक्रम २०८२” भव्य रुपले मनाएका छन ।


थारु समुदायको सांस्कृतिक एवं धार्मिक परम्परासँग जोडिएको पर्व “समा-चकेवा” स्थानीय बासिन्दा, समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा उल्लाससहित मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथिमा निबर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र विशिष्ट अतिथिका रुपमा सुरुङ्गा नगरपालिकाका मेयर गीता चौधरीको उपस्थित रहेको थियो।

त्यस्तै, नगर उपमेयर रुद्रबहादुर कार्की, सुरुङा ८ का वडा अध्यक्ष श्याम प्रसाद साह, सुरुङा ७ का वडा अध्यक्ष शिव नारायण चौधरी, सामुदायिक भवनका जग्गा दाता सीताराम चौधरी तथा समुजलाल चौधरीलगायत स्थानीयहरुका बाक्लो उपस्थिति रहेको थियो ।
थारु सांस्कृतिक पहिरनमा सजिएका कलाकार हरे कृष्ण चौधरी (फेकुवा),अचल चौधरी,रबिना मगर,श्याम सिंह (बेचुवा),निशा चौधरी,रस्मी माझी,प्रमोद चौधरी र
कार्यक्रम संयोजक शिव थारु लगायत
महिलाहरूको सक्रिय सहभागिता, थारु समुदायको परम्परागत नृत्य, गीत तथा समा–चकेवा खेल प्रदर्शनले कार्यक्रम रमाइलो तथा आकर्षक बनेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तेजुलाल चौधरीले थारु समुदायको संस्कृति नेपालको पहिचानसँग जोडिएको बताउँदै यसको निरन्तर संरक्षण अत्यावश्यक भएको विचार व्यक्त गरे। त्यस्तै, नगरप्रमुख गीता चौधरीले नगरपालिका स्तरमा सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरिने आश्वासन दिइन।

कार्यक्रम सञ्चालक चन्द्र भूषण चौधरीले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रकाश पार्दै समा–चकेवा पर्वले समुदायबीच एकता, सौहार्द र सांस्कृतिक जगेर्नामा टेवा पुर्याेएको बताए।

त्यसैगरी,अतिथिहरूलाई शब्द–पुष्पद्वारा स्वागत तथा सम्मान गर्दै सुरुङा ८ का वडा अध्यक्ष श्याम प्रसाद साहले निर्वाह गरेका थिए। उनले समा–चकेवा जस्ता मौलिक पर्वहरू संरक्षण तथा प्रवर्द्धन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सांस्कृतिक धरोहर जोगाउन सबैलाई आह्वान गरे।


कार्यक्रम सञ्चालन चन्द्र भूषण चौधरीले गरेका थिए भने, आमा समूहका अध्यक्ष रत्न देवी चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x