रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं, वैशाख २७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ।
पार्टीका अनुसार बैठक साँझ ६ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टीघर’मा बस्ने तय गरिएको छ। बैठकमा अधिवेशन विशेष तालिका, विभिन्न आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको जनाइएको छ।
त्यसैगरी, अनुशासनात्मक कारबाही सम्बन्धी विषय, केन्द्रीय समिति बैठकको तयारी तथा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE