आज उपसभामुख चयन हुँदै, लामा र ठाकुरबीच प्रतिस्पर्धा

शुक्रबार २७ चैत २०८२
काठमाडौँ । प्रतिनिधिसभाले आज उपसभामुख चयन गर्ने भएको छ। दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी कार्यसूची राखिएको छ।
उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर बीच प्रतिस्पर्धा हुने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार तोकिएको समयसीमाभित्र यी दुई उम्मेदवारको मात्र मनोनयन दर्ता भएको हो।
रुवीकुमारी ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई रहेका छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन्।
आजको मतदानबाट प्रतिनिधिसभाले नयाँ उपसभामुख पाउने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE