बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

  • 139
  •  
  •  
  •  
  •  
  •  
  •  
    139
    Shares

काठमाडौं / नेकपा (एकीकृत समाजवादी) ले सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने कार्यविधि र अन्तरवस्तु गलत र हानिकारक रहेको निश्कर्ष निकाल्दै विपक्षमा उभिने निर्णय गरेको हो । सरकारले पछिल्लो समय ल्याएको अध्यादेशबाट भूमाफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने एकीकृत समाजवादीको निश्कर्ष छ ।

‘अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,’– बैठकको निर्णय सार्वजनिक गर्न जारी भएको विज्ञप्तिमा भनिएको छ ।

बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरूलगायतका एजेण्डाहरू पारित गरेको बताइएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x