सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026

नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ साधारणसभा आज

सोमबार २१ बैशाख २०८३
काठमाडौं / नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ साधारणसभा आज काठमाडौंमा सुरु हुँदैछ।
सोमबार बिहान १० बजेदेखि सुरु हुने साधारणसभा तथा निर्वाचन प्रक्रियाले नयाँ नेतृत्व चयनसँगै निजी क्षेत्रको आगामी दिशा, नीति र प्राथमिकता निर्धारण गर्ने अपेक्षा गरिएको छ।
यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको सभा अदालतमा मुद्दा परेपछि स्थगित भएको थियो, जसले केही समय महासंघभित्र अन्योल सिर्जना गरेको थियो।
वि.सं. २०२२ सालमा स्थापना भएको महासंघ नेपालको औद्योगिक तथा व्यापारिक इतिहाससँग नजिकबाट जोडिएको संस्था हो। स्थापना तत्कालीन राजा महेन्द्र द्वारा उद्घाटित पहिलो वाणिज्य तथा औद्योगिक सम्मेलनको निर्णयअनुसार भएको थियो। हालसम्म महासंघले २० जना अध्यक्ष पाइसकेको छ भने आज २१औँ नेतृत्व चयन हुँदैछ।
संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण यसपटक अन्जन श्रेष्ठ महासंघको नयाँ अध्यक्ष बन्ने निश्चित भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x