शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

मौसम पूर्वानुमान : यि प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

सोमबार ९ असार २०८२

काठमाडौं / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागको केही स्थान तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशीका केही स्थान तथा मधेस, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x