एकान्तकुना यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ: सेवाग्राहीलाई सास्ती दिएको आरोप

सोमबार १६ चैत २०८२
काठमाडौ / ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अनावश्यक हैरानी र सास्ती दिने १५ जना बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको विशेष ‘स्विप अप्रेसन’ टोलीले सोमबार ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
ललितपुर प्रहरीले जारी गरेको सूचना अनुसार, सेवाग्राहीको गुनासो र कार्यसम्पादनमा अवरोध पुर्याउने गतिविधि बढेपछि यो कारबाही अगाडि बढाइएको हो। पक्राउ परेका १५ जनालाई नै हाल प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ र उनीहरूमाथि थप कानुनी अनुसन्धान सुरु गरिएको प्रहरी परिसरले जनाएको छ।
यातायात कार्यालयहरूमा बिचौलियाको बिगबिगी बढ्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै प्रहरीले पछिल्लो समय यस्ता ‘स्विप अप्रेसन’लाई तीव्रता दिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE