आजपा प्रवक्ता सीबी साहले दिए राजीनामा

मङ्गलबार १० चैत २०८२
काठमाडौं । आम जनता पार्टी (आजपा)का प्रवक्ता चन्द्र भूषण साह (सीबी साह) ले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेका छन्।
लामो समयदेखि पार्टीको एकल प्रवक्ताका रूपमा सक्रिय रहेका साहले सामाजिक सञ्जालमार्फत आजदेखि सबै जिम्मेवारी त्यागेको जानकारी दिएका हुन्। उनले ‘छठी मातालाई साक्षी राखेर’ आफूले उक्त निर्णय लिएको उल्लेख गरेका छन्।
साहले आफ्नो सन्देशमा पार्टीसँगको यात्रा तितामिठा अनुभवले भरिएको बताउँदै त्यसले आफूलाई अझ परिपक्व बनाएको उल्लेख गरेका छन्। उनले पार्टीमा साथ, सहयोग र विश्वास गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै यो एउटा अध्यायको अन्त्य भए पनि देश, जनता र समाजप्रतिको आफ्नो समर्पण भने निरन्तर रहने स्पष्ट पारेका छन्।
प्रभु साह का निकट मानिने साहले पार्टीमा केन्द्रीय कार्यालय सदस्य, उपमहासचिव तथा प्रवक्ताका साथै उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज र प्रचार–प्रसार विभाग प्रमुखलगायतका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए।
उनको राजीनामापछि आजपाको आन्तरिक संरचना र आगामी रणनीतिमा प्रभाव पर्ने आकलन गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE