शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आचारसंहिता उल्लंघनमा सामाजिक सञ्जालसम्बन्धी उजुरी बढी

Spread the love

बिहीबार २९ माघ २०८२
काठमाडौं /  निर्वाचन आचारसंहिता लागू भएको तीन साताको अवधिमा सामाजिक सञ्जालमा भएका गालीगलौज, घृणात्मक तथा अमर्यादित अभिव्यक्तिसम्बन्धी उजुरीहरू उल्लेख्य रूपमा बढेका छन्। भौतिक झडप र हुलदंगाका घटनाहरू भने अघिल्ला निर्वाचनको तुलनामा कम देखिएका छन्।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको मनोनयन (६ माघ) यता करिब ५० जनासँग स्पष्टीकरण मागिएको छ। अधिकांश उजुरी फेसबुक, कमेन्ट, सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जाल पोस्टसँग सम्बन्धित छन्।
केही उम्मेदवारमाथि घृणा फैलाउने, साम्प्रदायिक सद्भाव बिगार्ने तथा सार्वजनिक मर्यादाविपरीत अभिव्यक्ति दिएको आरोप लागेको छ। केही प्रकरणमा पैसा वितरण, सरकारी स्रोत–साधन दुरुपयोग, मापदण्डविपरीत प्रचार सामग्री प्रयोग, मनोनयनस्थलमा भीड जम्मा गरेको तथा बाजागाजा प्रयोग गरेको विषयमा पनि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
त्यसैगरी, सरकारी पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक तथा विभिन्न संघ–संस्थामाथि पनि आचारसंहिता उल्लंघनको आरोपमा जवाफ मागिएको छ। सामाजिक सञ्जालमा भाइरल भिडियोका आधारमा समेत आयोग सक्रिय देखिएको छ।
निर्वाचन आयोगले प्राप्त उजुरीमाथि अध्ययन भइरहेको जनाएको छ भने अधिकांश प्रकरणमा अन्तिम निर्णय हुन बाँकी रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x