शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

कुनै दलसँग निर्वाचनमा गठबन्धन हुँदैन : प्रचण्ड

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

मंगलबार २२ पुस २०८२

काठमाडौ / नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धन गर्नेबारे कुनै छलफल नभएको र नहुने बताएका हुन् ।
उनले पार्टी कामका लागि भारत भ्रमणमा गएको दाबी गरे । सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरूसँग अनौपचारिक छलफल भएको पनि उनले बताए।
दाहालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरू नडराएको जिकिर गरे ।
आफू नेतृत्वको सरकारमा रास्वपा सभापतिलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै उनले उनीसँग कुरा गर्न कुनै आइतबार कुर्नु नपर्ने टिप्पणी पनि गरे। nayapage

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x