शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

जेनजीहरूको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएपछि सरकारले सामाजिक सञ्जाल खोल्यो

Spread the love

sharethis sharing button
मङ्गलबार २४ भदौ २०८२

काठमाडौं / सरकारले बन्द गरेको सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए। सरकारले जेनजीहरुको माग अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिएको उनले जानकारी दिए।

सोमबार भएको जेनजीहरूको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएपछि सरकारले उक्त निर्णय गरेको हो। हालसम्म प्राप्त विवरणअनुसार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र चार सयभन्दा बढी घाइते भएका छन्।

घाइतेहरुको निजामती अस्पताल, एभरेष्ट अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल लगायत देशभर विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उक्त घटनापछि सरकारको चौतर्फी रुपमा विरोध भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x