शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

मुलुकलाई जोगाउँनका प्रधानमन्त्री ओलीको राजीनामा र अन्तरिम सरकार गठनको आवश्यक्ता छ : प्रभु साह

  • 151
  •  
  •  
  •  
  •  
  •  
  •  
    151
    Shares

शनिबार १७ जेठ २०८२

जनकपुर / आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धरासायी बन्दै गईरहेको बताएका छन् ।
‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ आजपाद्धारा आज (शनिबार) मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकलाई जोगाउँनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने बताए ।

‘मुलुकमा भ्रष्टाचार, लुट, बेथिति बढदो छ । दलाल दलतन्त्रले गणतन्त्र बदनाम भएको छ । मुलुक धरासायी बन्दै गईरहेकाले प्रधानमन्त्रीले राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुको विकल्प छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘मुलुक गम्भिर संकट उन्मुख छ । आर्थिक अवस्था धरासायी हुँदै गईरहेको छ भने नेताहरुको मनोमानी, लुट, बेथितिले जनता निरास भएका छन् ।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दुई तिहाईको गठबन्धन सरकारले आम जनतामा असन्तुष्टि एवं निरासा बढदैगईरहेको छ । त्यसलाई सम्बोधन गर्ने गरी सरकारले बजेट ल्याउँन नसकेको उनले बताए ।

अहिलेको बजेटले मुलुकको समस्या सम्बोधन गर्ने गरी आउन नसकेको बताउदै उनले भने, ‘बैदेशिक ऋण बढदैगईरहेको छ । यहाँको व्यापार व्यवसाय धरासायी हुँदै गईरहेको छ । तर सरकारले नेपालको पूँजी विदेश लैजाने बाटो खोलेर नेपालको अर्थतन्त्रलाई डुबाउने काम गरेको छ । जनताको चाहना, आवश्यक्ता अनुसार सरकारले बजेट ल्याउन सकेको छैन् । मानव विकास सूचांकमा पछाडी परेको मधेस, कर्णालीसंग सरकारको बजेटमा विभेद गरेको छ ।’

सरकारको बजेटले नेपाललाई उजाड एवं जनतालाई निराश बनाउने किसिमको रहेको उनले बताए । ‘हाल मुलुकमा देखिएको समस्यालाई सम्बोधन गर्ने कुनै कार्यक्रम देखिएन । नेताहरूको भुडी भर्ने खालको छ, वितरण पुरै असमान छ । सरकारले नेपालको पूँजी खुलेयाम विदेश लान पाउने व्यवस्था भयो । सरकारले २५ प्रतिशत विदेश लान पाउँने गरी व्यवस्था गर्नु भनेको सरकारले मुलुकको अर्थतन्त्र ध्वस्त बनाउन खोजेको प्रस्ट हुन्छ । सरकारले बजेट बनाउदा बिचौलियालाई गुण तिरेको छ,’ उनले भने ।

यस्तै उनले सिमावती क्षेत्रमा रहेका प्रहरीले नेपाली जनताको निजिसम्पती लुट्ने काम गरिरहेको बताए । भन्सारको नाममा आम जनताको निजि सम्पती लुट्न नपाउने बताउदै सरकारले नक्कली भिजिट भिसाको नाममा मानव तस्करी गरिरहेको बताए । मानव तस्करी गरिरहेको सरकारले मधेसमा भन्सारको नाममा निजि सम्पती लुट्ने काम आफूहरुलाई स्वीकार नभएको उनले बताए ।

अहिलेको सरकार र गठबन्धनले नेपालमा लुटेर विदेशमा नेपालको पूँजी लैजाने बर्गको संरक्षक भएको बताउदै उनले सरकारले पनि त्यही बर्गको पक्षपोषणमा जुटेको बताए ।

आजपा मधेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु रीता देवी साह, अशोक लामा, बिल्टू यादव, श्रीचन मुखिया, राधेश्याम साह लगायतको विशेष सहभागिता रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x