मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

मतदातासँग भेटघाट गर्दै चुनावी अभियानमा कुलमान घिसिङ 

  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares

बारा / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बारा जिल्लाका विभिन्न स्थानमा मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् ।

घिसिङले सोमबार बिहान ६ बजे सिमरा एयरपोर्टबाट आफ्नो भ्रमण सुरु गरेका थिए । त्यहाँबाट उनी लामिडाँडा हुँदै रामनगर र त्यसपछि टाङ्गिया बस्ती पुगेका थिए, जहाँ कोणसभा आयोजना गरिएको थियो ।

टाङ्गिया बस्तीमा लगभग १७–१८ सय घर छन्, र यो क्षेत्र व्यक्तिको नामभन्दा प्रति जग्गामा विभाजित छ । उक्त बस्तीमा अन्य आवश्यक सुविधा भने पर्याप्त छैनन् ।
अध्यक्ष घिसिङले बस्तीमा बत्ति जडानको पहल गरेका थिए, जसले स्थानीय जनताको जीवनमा सुधार ल्याउने अपेक्षा गरिएको छ । भ्रमणको क्रममा उनी रामनगरमै रात्रीभोज गरी बस्तीमा बसेका थिए ।

भोलिपल्ट (आज) घिसिङ कलैया पुगेका थिए र त्यहाँ भोजन गरेका थिए । त्यसपछि उनी प्रसौना हुँदै पुनः सिमरा एयरपोर्टबाट काठमाडौं फर्केका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले यस भ्रमणले बारा जिल्लामा पार्टीको मतदातासँग प्रत्यक्ष संवाद र स्थानीय समस्याहरू बुझ्ने अवसर प्रदान गरेको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x