सुनको मूल्य बढ्यो, प्रति तोलाको कति?


शुक्रबार २५ जेष्ठ २०८१
काठमाडौँ / स्थानीय बजारमा सुनको मूल्य प्रति तोलामा एक हजारले बढेको छ । बिहीबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
यस्तै, तेजाबी सुन बिहीबार प्रति तोलामा एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय निर्धारण भएको छ ।।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE