शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपाल आज अफगानिस्तानसँग भिड्दै

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares
काठमाडौ / आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ।

आजको यो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने छ। यसअघि तीनवटा खेलमा लगातार जित हासिल गरेको नेपाल आज चौथो जितका लागि मैदानमा उत्रन लागेको हो।

नेपालले पहिलो खेलमा युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको थियो।

गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिड्न आइपुगेको हो।

लगातार तीन खेलमा जित हासिल गरेकाे नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। याे सँगै यस चरणमा याे नेपालकाे अन्तिम खेल हुने छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x