बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

महिला यू-१९ एसिया कपमा पाकिस्तान विरुद्ध नेपालको ऐतिहासिक जित

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

सोमबार १ पुस २०८१

काठमाडौँ / यू–१९ महिला एसिया कपमा नेपालले पाकिस्तान विरुद्ध शानदार जित हात पारेको छ।  पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।

नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् ।

पाकिस्तानका लागि कोमल खानले ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३  र जोफिशान अयाजले १२ रन बनाए ।

नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x