सोमबार १ पुस २०८१
काठमाडौँ / यू–१९ महिला एसिया कपमा नेपालले पाकिस्तान विरुद्ध शानदार जित हात पारेको छ। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो ।
मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।
नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् ।
पाकिस्तानका लागि कोमल खानले ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३ र जोफिशान अयाजले १२ रन बनाए ।
नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए ।
WRITE COMMENTS FOR THIS ARTICLE