राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश पुनर्विचारका लागि फिर्ता

आइतबार २० बैशाख २०८३
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका छन्।
राष्ट्रपति पौडेलले उक्त अध्यादेश अध्ययन गरी पुनर्विचार गर्न आवश्यक ठहर गर्दै फिर्ता पठाउने निर्णय गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार अध्यादेशमा रहेका प्रावधानबारे थप समीक्षा आवश्यक देखिएको छ।
सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि गरेको व्याख्याअनुसार हालको अवस्थामा काम गर्न कुनै पनि ‘कानुनी शून्यता वा अभाव’ नरहेको निष्कर्षका आधारमा अध्यादेश फिर्ता गरिएको जनाइएको छ।
राष्ट्रपतिले संवैधानिक प्रक्रिया र न्यायालयको व्याख्यालाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE