आज विजया दशमी: टीकाको उत्तम साइत बिहान ११:३६ मा

काठमाडौं / बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेका छन् ।
दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ।
आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE