बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानद्वारा सञ्चालित प्रथम अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतिय‍गिता सम्पन्न

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

 

आइतबार ३० भदौ २०८१

काठमाडौँ । प्रभुनारायण चौधरीको १४औ स्मृति दिवसको अवसरमा शनिबार प्रथम अन्तर्राष्ट्रिय बुद्धिचाल (Chess) प्रतिय‍ोगिता काठमाडौंक‍‍ो बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजमा सम्पन्न भएको छ ।

भाद्र २८ र २९ गते प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानको आय‍ोजना र साउथवेष्टर्न स्टेट कलेजको सह-आय‍ोजनामा सम्पन्न उक्त प्रतियोगितामा आशिष फुयाल प्रथम, मुहान नरसिंह श्रेष्ठ द्वितीय , पुरुषोत्तम चौलागाईँ तृतीय र Southwestern state College का पुरुषोत्तम सिलवाल चतुर्थ हुनुभयो । विजयी खेलाडीहरुलाई नगद पुरस्कार , ट्रफी, पदक र प्रमाण-पत्र प्रदान गरि सम्मान गरियो । यसैगरी बेष्ट भेट्रान विधामा जनार्दन शर्मा , ईएलओ १८०० विधामा जनकराज जोशी र ईएलओ १६०० विधामा भारतीय खेलाडी सहिद हुसेन, बेष्ट अन-याटिड विधामा ग‍ोविन्द पौडेल, अण्डर १२ तर्फको विधामा प्रथम सार्थक श्रेष्ठ, द्वितीय ओस्कार पन्थी र तृतीय अग्रिम सैंजू, अण्डर १५ तर्फको विधामा प्रथम आदित्य गजुरेल, द्वितीय प्रसुन दुवाल र तृतीय कशिब कार्की , बेष्ट महिला विधामा प्रथम पुनम प्रसाईं, द्वितीय विनिता कपाली र तृतीय समिक्षा देवकोटाले जीत हासिल गर्नुभयो । सबै विजेताहरुलाई नगद पुरस्कार र पदक सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरियो । त्यस्तै यो प्रतियोगितामा भाग लिएका विद्यालय/कलेजहरुमा TIA प्रथम, Greenland school द्वितीय र BN Academy तृतीय भए । विजयी विद्यालय र कलेजलाई ट्रफी प्रदान गरियो भने प्रतियोगितामा भाग लिएका सबै खेलाडीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिय‍ो । त्यस्तै सो प्रतियोगिताका को-अर्डिनेटर तथा मुख्य आर्बिटर एवं गण्डकी चेस संघका सदस्य मिसान बास्कोटा, आर्बिटरहरु स्वराज ताम्रकार , हरि श्रेष्ठ र सन्दीप घिमिरे तथा GLC का डाइरेकट्र विकास चौधरीलाई ट्रफी प्रदान गरि सम्मान गरियो ।

प्रतिय‍गितामा ४ जना भारतीय सहित १३५ जना चेस खेलाडीहरुले भाग लिएका थिए ।

प्रतियोगिताको पुुुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष

आर.बी. भण्डारीले प्रभुनारायण चौधरीहरुले गरेको संघर्षले मुलुकमा राजनीतिक परिवर्तन र समाज रुपान्तरण भएर खेल क्षेत्रको समेत विकास भएको बताउनुभयो । नेपाल सरकारको अकर्मण्ड्यताका कारण खेल क्षेत्र समस्यामा परेको बताउदै उहाँले विभिन्न तहका खेलकुद प्रतियोगिताहरु आयोजना गरि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनौट गर्नु पर्नेमा ज‍ोड दिनुभयो ।

सो अवसरमा नेपाल चेस संघका केन्द्रीय कोषाध्यक्ष ताराबहादुर रानाभाटले यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठान , सह- आयोजक साउथवेष्टर्न स्टेट कलेज परिवार , प्रतिय‍ोगितामा भाग लिने खेलाडीहरु, प्रतियोगिता सञ्चालन गर्ने आर्विटर टीमलाई धन्यबाद दिदै प्रतियोगितामा विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभयो । चेस खेलाडीहरुलाई ओलप्याडमा पठाउन नेपाल चेस संघले गरेको प्रयत्न हंगेरी सरकारले भिसा नदिदा सफल हुन नसकेको भन्दै उहाँले यसमा नेपाल चेस संघले कुनै गल्ती नगरेपनि यसबारे गलत प्रचार भइरहेको देख्ता दु:ख लागेको बताउनुभयो । यसैगरी साउथवेष्टर्न स्टेट कलेजका प्रोग्राम को-अर्डिनेटर राजेन्द्रप्रसाद लामिछानेले हाम्रो यस साउथवेष्टर्न स्टेट कलेज पठनपाठनसँगै खेलकुदको विकासमा लागिरहेको छ भन्दै सन् २०१८ को एसियाली खेलकुदमा करातेमा रजत पदक विजेता खेलाडी एरिका गुरुङ पनि साउथवेष्टर्न स्टेट कलेजकै उत्पादन भएको बताउनुभय‍ो ।

उमेश चौधरीले सञ्चालन गरेको त्यस कार्यक्रममा बरिष्ठ चेस खेलाडी डा.मोहन सिंह प्रधान, ग्रीनल्याण्ड स्कुलका फाउण्डर प्रिन्सिपल थगिन गुरुङ, आर्बिटर तथा गण्डकी प्रदेश चेस संघका सदस्य मिसान बास्कोटा, समाजसेवी सी.एन. थारु लगायतले चेस खेलको राम्रो विकास भइरहेको छ भन्दै चेसको थप विकासका लागि सरकार र सर‍कारवालाहरु लाग्नु पर्नेमा जोड दिनभयो । कार्यक्रमको अध्यक्षता गरेका प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले नेपाली कम्युनिष्ट आन्दोलन र सामाजिक रुपान्तरणमा प्रभुनारायण चौधरीले पु-याएको योगदानको चर्चा गर्दै प्रभुनारायण चौधरी स्मृति प्रथम अन्तर्राष्ट्रिय बुद्धिचाल (Chess) प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । त्यस अवसरमा अध्यक्ष लेेखीले कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।

 

प्रभुनारायण चौधरीको १४औं बार्षिक स्मृति दिवस मनाइदै

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x