शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

सिराहा–१८ का स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मारमा

तस्वीर नयाँ पत्रीका
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

सोमबार १६ चैत २०८२
सिराहा। सिराहा नगरपालिका–१८ स्थित लक्ष्मीनियाँ स्वास्थ्य चौकीमा लामो समयदेखि औषधि अभाव हुँदा सेवाग्राहीहरू मारमा परेका छन्। सामान्य उपचारका लागि आउने बिरामीले समेत आवश्यक औषधि नपाउने अवस्था सिर्जना भएको छ।
स्थानीय ७२ वर्षीय ब्रह्मदेव गुर्मैता घुँडा दुखाइको समस्या लिएर स्वास्थ्य चौकी पुगे पनि औषधि अभावका कारण उपचार नपाई फर्किनुपरेको गुनासो गरेका छन्। “उठबस गर्नै गाह्रो हुन्छ, पटक–पटक आउँदा पनि औषधि छैन भनेर फर्काइन्छ,” उनले भने।
स्वास्थ्य चौकीमा सामान्य औषधि मात्र होइन, घाउ सफा गर्न प्रयोग गरिने बेटाडिनसमेत उपलब्ध छैन। स्वास्थ्य चौकी इन्चार्ज अयोधी मोचीका अनुसार नगरपालिकामा पटक–पटक माग गरे पनि यस वर्ष एकपटक पनि औषधि प्राप्त नभएको बताएका छन्। “बजेट अभाव छ, बिजुलीको बिलसमेत तिर्न सकेका छैनौँ,” उनले भने।
यसैबीच, वडा नं. ६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी संगीता कुमारीले पनि करिब एक वर्षदेखि जीवनजल, सिटामोल, सेट्रिजिन, एमोक्सोसिलिन, सिप्रो र मेट्रोनजस्ता आधारभूत औषधि नआएको बताइन्। मौसम परिवर्तनसँगै ज्वरो, रुघाखोकी तथा झाडापखालाका बिरामी बढे पनि औषधि अभावका कारण बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
सिराहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादवले ससर्त अनुदानबाट औषधि खरिद प्रक्रिया टेन्डरमार्फत गर्नुपर्ने भए पनि प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनू कार्यालयमा अनुपस्थित रहेकाले प्रक्रिया अघि बढ्न नसकेको बताए। उनले आन्तरिक समस्याका कारण ढिलाइ भएको स्वीकार गर्दै छिट्टै औषधि व्यवस्थापन गरिने बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x