आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026

वीरगन्जमा सडक विस्तार तीव्र: दर्जनौँ संरचना हटाउन बिहानैदेखि डोजर परिचालन

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

आइतबार ६ बैशाख २०८३
पर्सा /  वीरगन्जमा आइतबार बिहानैदेखि सडक विस्तार अभियान तीव्र बनाइएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने मुख्य सडक फराकिलो पार्ने उद्देश्यले सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा मापदण्डभित्र परेका घरटहरा हटाउन डोजर परिचालन गरिएको हो।
सडक विस्तारका लागि सडक डिभिजनका डोजर, जेसीबी र एक्साभेटर गरी ९ थान भारी उपकरण प्रयोगमा ल्याइएको छ भने वीरगन्ज महानगरपालिका का ४ वटा डोजरसमेत परिचालन गरिएका छन्।
सडकलाई व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यसहित सञ्चालन गरिएको अभियानले ट्राफिक व्यवस्थापनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x