टप एण्ड टि–२० सिरिजमा हरिकेन्सलाई ६६ रनले पराजित गर्दै नेपालको पहिलो जित

मङ्गलबार ३ साउन २०८२
काठमाडौं / नेपालले अस्ट्रेलियामा जारी टप एण्ड टि–२० सिरिजमा आफ्नो पहिलो जित निकालेको छ । नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८० रन बनाएको थियो । जवाफी ब्याटिङमा होबार्ट हरिकेन्सले १६.१ ओभरमा ११४ रन बनाउँदा अलआउट भयो । हरिकेन्सलाई सस्तैमा रोक्न नेपालका नन्दन यादवले ५ विकेट लिए ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE