शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सुकेटार विमानस्थलमा ४५ दिनदेखि उडान ठप्प

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौँ  / ताप्लेजुङको सुकेटार विमानस्थलमा ४५ दिनदेखि उडान ठप्प भएको छ । केहि दिनदेखि लगातार बर्षाको कारण सुकेटार विमानस्थलमा हवाई उडान अवरुद्ध भएको हो ।

ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमको स्टेसन कार्यालयले जनाएको छ । स्टेसनका कर्मचारी किरण गिरीका अनुसार मौसम प्रतिकूलताकै कारण उडान ठप्प भएको हो । गत जेठ ११ गते शुक्रवारदेखि सुकेटार विमानस्थलमा उडान बन्द भएको निगमले जनाएको छ ।

हिमाली जिल्ला भएकाले  मौसम नखुलेको अर्थात् बाक्लो हुस्सु र कुहिरो लाग्न सुरु भएको निगमले जनाएको छ । यसपालि दिनहुँ जसो वर्षा भएको र निरन्तरको वर्षा तथा हुस्सुका कारण उडान सञ्चालनमा ल्याउन असम्भव भएको हो ।

उडान नहुँदा ताप्लेजुङको भ्रमणमा भित्रने आन्तरिक तथा बाह्य पर्यटक साथै सर्वसाधारण सेवाग्राहीले हवाई सेवा लिन नपाएका हुन् । उडान सञ्चालनका लागि अहिले पनि मौसम अनुकूल भई नसकेको निगमले जनाएको छ ।

हाल ताप्लेजुङमा दिनहुँ जसो वर्षा भइरहेको छ भने यस वर्ष वर्षमायामा तुलनात्मक रूपमा पानी पनि बढी परेको छ । निगमको ट्विनअटर जहाजले यात्रुको उपलब्धता अनुसार हप्तामा तीन पटकसम्म काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x