शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

मङ्गलबार ४ भदौ २०८१

बुटवल /  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन्।  अपरान्ह १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।

एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका हुन्।

प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् ।

त्यस्तै मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रि जनमोर्चाले विश्वासको मत नदिने बताएका छन् । प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x