बैंकबाट ऋण लिएर तिर्दिनँ भन्ने प्रवृत्ति स्वीकार्य नहुने : अर्थमन्त्री पुन


अर्थमन्त्री पुनले कुनै पनि प्रकारको अतिवादलाइ स्विकार्न नसकिने बताए। धार्मिक, सामाजिक रूपमा मिलेर बसेको समाजलाई विखण्डन गर्ने प्रवृत्ति, आफ्ना स्वार्थ पूरा गर्ने, आफ्ना महत्वकांक्षा अगाडि ल्याउने प्रवृत्तिसँग पनि सरकारले सहमति नगर्ने बताए ।
राजनीतिक प्रणालीका सानातिना कमजोरी खोतलेर त्यसलाई नै सबै पक्ष जस्तो बनाएर समाजमा एउटा व्यवस्था र नेतृत्वप्रति अनास्था पैदा गर्ने प्रवृत्तिसँग पनि आफूहरूको समर्थन नरहने अर्थमन्त्री पुनले बताए ।
यसमा एकातिर व्यवस्थाप्रति नकारात्मक खालका अनास्था फैल्याउने आफ्ना सिमित स्वार्थ पूरा गर्ने प्रवृत्ति भएको बताए। ऋण लिने, कालोसूचीमा पर्ने वा डिफल्टर हुने अनि पछि म तिर्दिनँ भन्ने प्रवृत्ति पनि छ, त्यो अपराधिक प्रवृत्ति हो, त्यस्ता प्रवृत्ति स्वीकार्य हुँदैनन् ।’
गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने कुरा पनि स्वीकार्य नभएको उनको भनाइ थियो । राज्य प्रणालीमा भएको कमीको समीक्षा गर्न आफूहरू तयार रहेको पनि उनले बताए । अर्थमन्त्री रहँदासम्म जनतामा आशा जगाउने पुनले काम गर्ने बताए ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE