रवि लामिछानेमाथिको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको आदेश

गण्डकी । कास्की जिल्ला अदालतले रवि लामिछाने सहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीविरुद्ध दायर गरिएको सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन आदेश दिएको छ।
जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीसम्बन्धी अभियोग भने कायम रहने गरी अन्य अभियोग संशोधन गर्न आदेश दिएको हो।
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण तथा राष्ट्र बैंकसम्बन्धी कसुरअन्तर्गतका अभियोग अब कायम नरहने निर्णय गरेको हो।
अदालतको आदेशअनुसार अब मुद्दा सहकारी ठगीसम्बन्धी कसुरमा केन्द्रित भएर अघि बढ्नेछ। यस निर्णयपछि लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएका केही गम्भीर अभियोग हटाइएका छन् भने सहकारी प्रकरणको मुख्य अनुसन्धान तथा सुनुवाइ प्रक्रिया भने जारी रहने बताइएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE