कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं, चैत १० — नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने तय भएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले जानकारी दिएका छन्।
बैठकमा समसामयिक राजनीतिक विषय, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE