शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

जनतालाई ढाँड सेक्ने गरि सरकारको मनोमानी कर बिरुद्ध १४ पुस काठमाडौंमा आजपाद्वारा विरोध प्रदर्शन गर्दै

आम जनता पार्टीद्वारा १४ पुस काठमाडौंमा पार्टीको दोस्रो स्थापना दिवस मनाउँने तयारी
  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

शुक्रबार १२ पुस २०८१

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनोमानी कर आतंक बिरुद्ध १४ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन ।

सरकारको मनपरि करले नेपालको उधोग, ब्यबसायी धरासायी बन्दै गईरहेको निष्कर्ष निकाल्दै आजपाले सरकारको कर आतंक बन्द गर्नुपर्ने माग गर्दै आएको छ । केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेको हो ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि तिनै तहका सरकारपिच्छे मनोमानी कर आतंक बन्द गर्नुपर्ने बताउनु भएको छ ।

‘मुलुकको उधोग, व्यापार व्यवसायी करै करले धरासायी बन्दै गईरहेको छ ।

सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ । उधोग व्यापार धवस्त हुदैगईरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ’,  ‘सरकार पिच्छे पाईलापाईलामा मनपरि कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधा दिने कि नदिने ? आजपा अध्यक्ष साहले सरकारलाई प्रश्न गरेका छन ।

नेपाल भन्दा ठुलो भुगोल, जनसंख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उधोगी व्यापारीलाई सेवा पनि बढी दिईरहेको उनले बताए । तर नेपालमा करमाथि कर लिने र उधोगी व्यापारीको ढाँड सेक्ने काम सरकारले गरिरहेको आरोप साहले लगाउनु भएको छ ।

‘भारतमा १४ शिर्षकमा कर लिईन्छ । तर नेपालमा ४० भन्दा बढी शिर्षकमा सरकारले कर लिईरहेको छ । अरु देशभन्दा नेपालमा करको दर, दायारा, शिर्षक, तह र सरकार बढी छ । नेपालमा ७६१ वटा सरकारले मनोमानी र पाईलापिच्छे कर असुली रहेको छ । त्यसको विरोधमा हामी सडकमा उत्रिनुपरेको छ’ आजपा अध्यक्ष साहले बताउनु भएको छ ।

सर्वसधारणदेखी उधोगी व्यापारीले जताततै पाईला पिच्छे नै कर तिर्दातिदै निराश भएको बताउदै उनले व्यवासाय गर्ने वातावरण सरकारले गिजोलिदिएको सरकारलाई आरोप पनि लगाउनु भएका छ्न । मुलुकको ढुकुटी सिध्याएको सरकारले विदेशीबाट ऋण लिएर नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएको बताए ।

मुलुकमा भ्रष्टाचार, अनियमितत बढदै गईरहेको र बिकास कार्य अवरुद्ध भएको बताउँदै उनले दलाल दलतन्त्र, सरकारको मनोमानी कर आतंक बिरुद्ध जनता सडकमा आउँन ढिलाई गर्न नहुने बताए ।

आजपाले विगतदेखी नै भ्रष्टाचार, अनियमितता, सरकारको मनोमानी कर आतंक, दलाल दलतन्त्र, वैदेशिक रोजगारमा देखिएको ठगीधन्दा, भन्सार कानूनमा भएको लुटतन्त्रको बिरुद्धमा आवाज उठाउँदै सडक संघर्ष गर्दै आएको छ । १४ पुसमै कवाड व्यवासायीहरुले काठमाडौं महानगर कार्यालय समेत घेराउ गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले कवाड व्यवासायीलाई कानून विपरित दुख दिईरहेकाले कवाड व्यवसायीले महानगर घेराउ गर्न लागेका हुन् ।

आम जनता पार्टीले १४ पुसमै काठमाडौंमा पार्टीको दोस्रो स्थापना दिवस समेत भव्यरुपमा मनाउँने तयारी गरेको छ । ‘दलाल दलतन्त्र बिरुद्ध तेस्रो जनआन्दोलनको संकल्प’ सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा मनाउँन लागेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x