शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

सहिदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ : सभापति थापा

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

शुक्रबार १६ माघ २०८२
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले सहिद दिवसको अवसरमा सहिदहरूले देखाएको बाटोमा हिँड्दै उनीहरूको सपना पूरा गर्ने संकल्प गर्नुपर्ने बताएका छन्।
सहिद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सहिदहरूको त्याग, बलिदान र आदर्शकै कारण आज देशले स्वतन्त्रता र लोकतन्त्रको अनुभूति गर्न पाएको उल्लेख गरे। उनले २००७ सालको जनक्रान्तिदेखि पछिल्ला आन्दोलनसम्म देश र जनताका लागि जीवन आहुति दिने सम्पूर्ण वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे।
सभापति थापाले सुदृढ र सबल लोकतन्त्रमार्फत मात्र नेपाललाई शान्त, समुन्नत र न्यायपूर्ण राष्ट्रका रूपमा अघि बढाउन सकिने बताए। संविधानमा सुनिश्चित जनअधिकारको प्रभावकारी कार्यान्वयन गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य हासिल गर्न सबैले साझा प्रयास गर्नुपर्ने उनको भनाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x