शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

बंगलादेशमा जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ 

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं / बाङ्ग्लादेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि राजनीतिले नयाँ मोड लिएको छ।

प्रधानमन्त्री पदबाट राजिनामा दिंदै हसिना हेलिकप्टरमार्फत् भागेर भारत पुगेकी हुन्। हसिना भारतबाट बेलायत जाने सक्ने बताइएको छ। कोटा प्रणालीविरुद्ध शुरु भएको आन्दोलनले अन्ततः सत्ता परिवर्तन गर्न सफल भएको छ।

सेनाप्रमुखले अन्तरिम सरकार निर्माण घोषणा गरेको केही घण्टापछि सोमवार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन्।

राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन्।शहाबुद्दिनले आफूले सेना प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी दिएका छन्। बाङ्ग्लादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कफ्र्यू अन्त्य हुने बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x