रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गर्यो

मङ्गलबार १९ जेठ २०८३
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७, ८ र ९ गते चितवन मा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी का अनुसार पार्टी सभापति रवि लामिछाने को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको हो। समितिले महाधिवेशनलाई व्यवस्थित, समावेशी र सफल बनाउन आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ।
समितिमा पार्टीका वरिष्ठ तथा केन्द्रीय तहका नेताहरूलाई समेटिएको छ। सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य र लिमा अधिकारी रहेका छन्।
त्यसैगरी बसुमाया तामाङ, मनीष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली र सागर ढकाल सदस्यका रूपमा रहेका छन्।
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण, नीति निर्माण तथा भावी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अवसरका रूपमा लिएको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE