सेयर बजारमा ३ अर्बमाथिको कारोबार

काठमाडौं / साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा अडिएको हो। सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेर ३५०.८२ विन्दुमा कायम भएको छ।

यसदिन ३११ स्क्रिप्सको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।
उन्नती सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर ७.५२ अंकले बढ्दा युनाइटे८ अजोड इन्स्योरेन्सको ५.६९,हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.५५ र एसियन लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले सेयर मूल्य बढेको हो।
आज १२७ स्टकको मूल्य बढ्दा १११ वटाको घट्यो भने ७ वटाको मूल्य स्थिर रह्यो। तीन समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। होटल्स एन्ड टुरिम समूहको उपसूचक २.४० अंकले घट्यो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE