प्रसाईंमाथि अनुसन्धान तीव्र : ४ दिन हिरासतमा राख्न अनुमति

मङ्गलबार ५ फागुन २०८२,
काठमाडौँ / मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल ले जिल्ला प्रहरी परिसर काठमाडौँ लाई प्रसाईंलाई चार दिनसम्म हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएका हुन्।
प्रहरी स्रोतका अनुसार प्रसाईंविरुद्ध दर्ता भएको उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान जारी छ। आवश्यक कागजात संकलन, बयान लिने तथा प्रमाण जुटाउने कार्यका लागि उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
प्रसाईंविरुद्ध कुन कसुरमा अनुसन्धान भइरहेको भन्नेबारे भने प्रहरी अधिकारीहरूले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। सम्बन्धित मुद्दामा आवश्यक प्रमाण संकलन र थप सोधपुछका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ।
यस घटनापछि प्रसाईंका समर्थक र आलोचकबीच सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। प्रहरीले भने कानुनी प्रक्रिया अनुरूप तथ्यका आधारमा मात्र थप कदम चालिने स्पष्ट पारेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE