आपाद्वारा नयाँ सालको शुभकामना आदानप्रदान

शुक्रबार ३० चैत २०८०
काठमाडौं / आम जनता पार्टीद्वारा २०८० लाई बिदाई गरि नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।आज पार्टी कार्यालय कोटेश्वरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगर, उपाध्यक्षहरु बिल्टु यादव , ज्ञानेन्द्र तामाङ ,उपमहासचिव तथा पार्टी प्रबक्ता सिबि साह,सचिब देबी पण्डित ,नारायण पाण्डे लगायत आम आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ लामा,आम मुक्ति मोर्चाका इन्चार्ज बिकेश तामाङ,आम ट्रेड युनियनका अध्यक्ष शिब थापा,महासचिव तेज नारायण चौधरी लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो।शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरले २०८० सालमा पार्टीले भ्रष्टाचार बेथितिबिरुद्द खबरदारी गरेको, जनतालाई सुसोजित बनाएको बताउदै अब नयाँ सालमा अझ पार्टीले उठाएका मुद्दाहरु कार्यनयन गर्न लागिपर्ने बताए।अर्का उपाध्यक्ष बिल्टु यादवले अब हामीले आआफ्नो ठाउबाट अगाडी बढ्नुपर्ने बताए।त्यस्तै अर्का उपाध्यक्ष ज्ञानेन्द्र तामाङले निस्वार्थ तरिकाले पार्टीमा लागे सफलता मिल्ने बताए।कार्यक्रममा सचिब नारायण पाण्डे लगायत अन्य नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रम पार्टी सचिब देबी पण्डितले संचालन गरेका थिए। केही तस्बिरहरु :-







RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE