शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द

Spread the love

शुक्रबार ८ साउन २०८३
काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबार सञ्चालन भइरहेका दुई लाख २३ हजारभन्दा बढी वेबसाइट र मोबाइल एपमाथि प्रतिबन्ध लगाएको छ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी कार्यसूची अनुसार सट्टेबाजी र डिजिटल ठगी रोकथामका लागि यो कदम चालिएको हो। कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू २४ घण्टाभित्र बन्द गराउने निर्णय उल्लेख थियो।

पहिलो चरणमा सट्टेबाजी साइटहरू बन्द गरिए पनि नयाँ नाम र डोमेनमा पुनः सञ्चालनमा आउने क्रम जारी रहेकाले विशेष निगरानी बढाइएको प्राधिकरणले जनाएको छ। फिफा विश्वकपको समयमा यस्ता बेटिङ एपको प्रयोग बढ्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो देखाएपछि प्राधिकरणले विशेष कार्यदल (टास्क फोर्स) गठन गरी कारबाहीलाई तीव्रता दिएको थियो।

कार्यदलका सदस्य एवं दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक इन्जिनियर ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर अनलाइन बेटिङ र अवैध वित्तीय कारोबारका लागि प्रयोग भएका यूआरएलहरू पहिचान गरी ब्लक गरिएको हो।

एउटा वेबसाइट बन्द गर्दा नयाँ डोमेनमा अर्को खुलिरहने भएकाले ‘थ्रेड इन्टेलिजेन्स टुल’ प्रयोग गरी निरन्तर अनुगमन (हन्टिङ) भइरहेको महतोले जानकारी दिनुभयो। दूरसञ्चार प्राधिकरणले यस्ता अवैधानिक वेबसाइट तथा एपबारे सर्वसाधारणलाई थाहा भएमा github.com/NTA-OPM लिंकमार्फत जानकारी गराउनसमेत आग्रह गरेको छ।

स्रोत : डिसी नेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x