थारू समुदायको पहिचान र प्रवर्द्धनका लागि ‘हरेरी सांस्कृतिक साँझ २०८३’ आयोजना हुँदै

बिहीबार ७ साउन २०८३
काठमाडौं / थारू समुदायको मौलिक कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले राजधानी काठमाडौंमा ‘हरेरी सांस्कृतिक साँझ २०८३’ आयोजना हुने भएको छ।
‘थारू संस्कृति हाम्रो पहिचान, संरक्षण र सम्वर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ घोंघी स्टेसन प्रा.लि. को आयोजनामा हुने उक्त सांस्कृतिक कार्यक्रम साउन ९ गते शनिबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजना गरिने आयोजकले जनाएको छ।
दिउँसो २:०० बजेदेखि राति ९:०० बजेसम्म सञ्चालन हुने कार्यक्रममा प्रवेश शुल्क रु. ५०० निर्धारण गरिएको छ। कार्यक्रममा थारू समुदायका चर्चित गायक–गायिका, कलाकार तथा सांस्कृतिक समूहहरूको आकर्षक प्रस्तुति रहनेछ।
कार्यक्रममा थारू पूजा वाचक तथा अग्रज कलाकार रेशम लाल चौधरी को विशेष उपस्थिति रहनेछ। साथै थारू संस्कृति झल्काउने लोकगीत, लोकनृत्य, मौलिक वेशभूषा र सांस्कृतिक प्रस्तुतिमार्फत थारू समुदायको कला र पहिचानलाई उजागर गरिने आयोजकको विश्वास छ।
आयोजकका अनुसार ‘हरेरी सांस्कृतिक साँझ २०८३’ ले थारू कला, संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानप्रति जागरण र अपनत्व बढाउने उद्देश्य राखेको छ। कार्यक्रममा उपस्थित भई थारू संस्कृतिको संरक्षण अभियानलाई थप सशक्त बनाउन आयोजकले सम्पूर्ण समुदाय तथा संस्कृतिप्रेमीलाई हार्दिक निमन्त्रणा दिएको छ।
कार्यक्रम विवरण
कार्यक्रम: हरेरी सांस्कृतिक साँझ २०८३
मिति: २०८३ साउन ९ गते (शनिबार)
समय: दिउँसो २:०० बजेदेखि राति ९:०० बजेसम्म
स्थान: नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौं
प्रवेश शुल्क: रु. ५०० मात्र
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE