शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

चार दिने भ्रमणमा परराष्ट्रमन्त्री डा. देउवा भारत जादै 

Spread the love

काठमाडौँ / परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (आइतबार ) छिमेकी मित्र राष्ट्र भारत चार दिने भ्रमणमा औपचारिक भ्रमणमा जानु हुँदै छ ।

भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा भ्रमणमा निस्कन लाग्नुभएको परराष्ट्र मन्त्रालले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबिचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्नुहुने जनाइएको छ।

दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्किनुहुनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x