शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

माओवादी केन्द्रका नेता सुनिल साह आजपामा प्रवेश

  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

बुधबार ५ कार्तिक २०८२

रौतहट / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता सुनिल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

दिपावली, छठपर्वको अवसरमा आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा साहले आजपामा प्रवेश गरेका हुन ।

उधोग बाणिज्य महासंघ रौतहटका पुर्व सचीव समेत रहेका साहलाई आजपा अध्यक्ष प्रभु साहले टीका माला अबिर लगाएर पार्टीमा प्रवेश गराएका हुन ।

मुलुक र जनताको हितमा आजपाले लिएको नीति, बिचार र नेतृत्व राम्रो भएकालेे आफुले आजपामा प्रवेश गरेको साहले बताए ।

आजपामा पार्टी प्रवेश गर्दै उनले आजपाले मात्रै मुलुकको समस्या समाधान गर्न सक्ने बताए । पछिल्लो समय मुलुकमा देखिएको समस्या कांग्रेस, एमाले, माओवादी केन्द्रले लिएको गलत नीति र नेतृत्वका कारण भएको बताउदै उनले कांग्रेस, एमाले, माओवादी अब विघटन गर्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x