शनिबार २२ मङ्सिर २०८१
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दाेस्राे खेलमा कर्णाली याक्स र विराटनगर किंग्सका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः १५ बजेवाट सुरू हुनेछ ।
कर्णालीले हिजाे चितवन राइनाेजलाइ हराएकाे थियाे भने बिराटनगरले पनि उसैलाइ हराएर प्रतिस्पर्धामा उत्रन लागेकाे हाे ।
आज हुने दाेस्राे खेलमा बिराटनगरवाट सन्दीप लामिछानेकाे नेतृत्व रहनेछ भने कर्णाली याक्सवाट साेमपाल कामीले नेतृत्व गर्नेछन् ।
एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE