मन्त्री राज कुमार लेखीद्वारा सांस्कृतिक संग्रहालय शिलान्यास तथा निर्माण कार्य सुभारम्भ


बिहिवार २५ बैशाख २०८२
सप्तरी / मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह,संचार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गत शिलान्यास तथा निर्माण कार्य सुभारम्भ गरेका छन ।
सप्तकोसी नगरपालिका र कन्चनरुप नगरपालिका को विभिन्न वडाहरुमा मधेश प्रदेश सरकारको चालू आ.व. २०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत समावेस भएको विभिन्न आयोजनाहरुको शिलान्यास तथा निर्माण कार्य सुभारम्भ गरेका छन ।
प्रदेश सरकारको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गतको सप्तकोसी नगरपालिका वडा नम्बर २ स्थित सांस्कृतिक संग्रहालय निर्माण कार्य रु. २५ लाख,सप्तकोसी नगर पालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकी स्तरोन्नतीको लागि रु.४० लाख साथै कन्चनरुप नगरपालिका वडा नम्बर ८ मा रहेको सर्वोदय माध्यमिक बिधालयको अधुरो भवन निर्माणको लागि रु.५० लाख मन्त्री लेखीको पहलमा बिनियोजन भएको हो।
शिलान्यास तथा निर्माण कार्य सुभारम्भ कार्यक्रममा गृह मन्त्री लेखीले भने “अहिले बिकाश निर्माण कार्यमा बिचौलिया,कर्मचारीहरुको कारणले भ्रष्टाचार जस्तो बेथिती मौलाएको छ,निर्माण कार्य गुणस्तरहिन हुने गरेको छ, तसर्थ हाम्रो समुदायको बिकाश प्रभावकारी,गुणस्तरीय तथा दिगो बिकाश लक्षित हुनु पर्ने आजको आवश्यक्ता हो हरेक आयोजनाको गुणस्तरीयताको मुल्यांकन,अनुगमन तथा सुपरिवेक्षण गर्न पाउने प्रत्येक नागरीकको अधिकार हो हामी सबैले गुणस्तरको बिषयमा सचेत रहनु पर्छ खबरदारी गर्नु पर्छ यहि नै लोकतन्त्रको बिसेषता हो ।” साथै उपभोक्ता समितीहरुलाई गुणस्तरीय रुपमा तोकिएकै समयावधिमा प्राबिधिकको मापदण्ड बमोजिमको निर्माण कार्य गर्न गराउन अनुरोध समेत गरेका छन।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE